राष्ट्र बैंकले गर्यो ‘जिनियस एक्सप्रेस रेमिट’ कम्पनी खारेज, पैसा लिनु पर्ने भए ३५ दिनको समय

काठमाडौं। नेपाल राष्ट्र बैंकले एक रेमिटेन्स कम्पनीको लाइसेन्स खारेज गरिदिएको छ। राष्ट्र बैंक विदेशी विनिमय ब्यवस्थापन विभागले जिनियस एक्सप्रेस रेमिट नेपाल प्रालिको लाइसेन्स खारेज गरिदिएको हो।

कम्पनीले केन्द्रीय बैकबाट रेमिटेन्स सम्बन्धि काम गर्नका लागि स्वीकृति पाएको थियो। कम्पनी आफैले लाइसेन्स खारेजीका लागि निवेदन दिएको थियो।

कम्पनीको कार्यालय राजधानीको धर्मपथमा छ। कम्पनीले कसैको विदेशी मुद्रा भुक्तानी गर्नु रहेछ भने राष्ट्र बैकलाई ३५ दिनभित्र जानकारी दिनु पर्ने छ। नभए कम्पनी स्वत खारेज हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले केही महिनाअघि मुन्चा मनि ट्रान्सफर प्रालिको इजाजत रद्द गरिदिएको थियो। अहिले ५० वटा रेमिटेन्स कम्पनि सञ्चालनमा छन्।
copied from Bizmandu.com

Top