GME र TerraPay बिच रेमिट्यान्स सम्झौता Abroad Banking NEWS by Remit Khabar - 07/10/20200 बिश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरापे (TerraPay) र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ । जि.एम.इ रेमिटको माध्यमबाट वश्वि भर रहेको टेरापे (TerraPay) का सम्पूण एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जि.एम.इ. रेमिटसँग आबद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरीे खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक श्री दिवाकर पौडेल र टेरापे (TerraPay) को तर्फबाट निर्देशक श्री दिल्शाद राजबली ले हस्ताक्षर गरेका छन् । जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।