काठमाडौं उपत्यकामा एकैदिन २५४० जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा २ हजार ५४० सङक्रमित थपिएका छन् । सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा सङ्क्रमित थपिएका हुन् ।

आज देशभर ४ हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ९८ हजार ६७१ पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको संख्या २६ हजार ६८४ पुगेको छ ।

Top