प्रभु डिजिटल प्रालि अब पब्लिक लिमिटेड कम्पनीमा परिणत

प्रभु ग्रुपअन्तर्गतको प्रभु डिजिटल प्रालि पब्लिक कम्पनीका रूपमा सञ्चालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट–इमेलसहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालन हुने भएको हो ।

दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनका लागि अनुमति दिएको कम्पनीले जनाएको छ । यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड राखेर नाम संशोधन गरिसकेको जनाइएको छ ।

नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक सेयर निष्कासन गर्ने बाटोसमेत खुल्ने कम्पनीले जनाएको छ ।

Top