शनिबार हालसम्मकै सबैभन्दा बढी संक्रमित, काठमाडौंमा मात्रै २६७२ जना

काठमाडौं । पछिल्लो २४ घन्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ५ हजार ८ जना करोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा मात्रै २६७२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १२२९ जना निको भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ जना छ ।

Top