दसैंमा नपाइने भयाे नयाँ नोट

यो दसैंमा बजारमा खुद्रा नयाँ नोट नआउने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोट सटही नगरिने स्पष्ट पारेको छ।

राष्ट्र बैंकका कुनै पनि कार्यालय र बैंकहरुमार्फत समेत नयाँ नोट सटही नगरिने भएको सूचनामा उल्लेख छ।

‘पहिलेजस्तो दसैंका लागि भनेर ५, १०, २०, ५० तथा १ सयका नयाँ नोट सटही गरिँदैन’ प्रवक्ता डा‍. गुणाकर भट्टले भने। पुराना नोट खिचेर नयाँ पठाउने नियमित व्यवस्था भने कायमै रहनेछ।

राष्ट्र बैंककै कर्मचारी तथा अरु बैंकका कर्मचारी समेत कोरोनाबाट संक्रमित रहेको र नयाँ नोट सटही गर्दा हुने भीडले जोखिम बढ्ने भएकाले यो दसैंमा नयाँ नोट सटही नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

दसैं मनाउनेले यो वर्ष पुरानै नोटको प्रयोग गर्नुपर्ने भएको छ।

Top