नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने Banking News by Remit Khabar - 14/10/20200 काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले “ग” वर्गको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि विशेष साधारणसभा सम्पन्न गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । विशेष साधारणसभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००:३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयरबापत नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३० कित्ता सेयर दिने सेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जनाएको छ । ४० करोड चुक्ता पुँजी रहेको सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड पुग्नेछ । प्रवर्द्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।