एनआइसी एसिया बैंकले २० प्रतिशत लाभांश दिने Banking News by Remit Khabar - 21/10/202021/10/20200 नआइसी एशिया बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने भएको छ। ४६० औं सञ्चालक समितिको बैठकले मंगलबार लाभांशको निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस शेयर (१ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश ( ९ करोड ७२ लाख) कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय भएको बैंकले जनाएको छ। लाभांश नेपाल राष्ट्र बैंक र आगामी २३ औं वार्षिक साधारण सभाबाट स्वीकृत पश्चात् शेयरधनीलाई वितरण हुनेछ। गत आवमा बैंकको प्रति शेयर आम्दानी ३१ रुपैयाँ ८९ पैसा थियो। बैंकको गत आवमा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम १७४ अर्ब पुगेको छ।