विदेशमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, मृतकको कुल संख्या २ सय ८४ पुग्यो Abroad Corona News by Remit Khabar - 25/10/20200 विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एक जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ । यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । हाल सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यस्तै नेपालमा मात्र १ लाख ५५ हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७० प्रतिशत हो । शनिवार साँझसम्म नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण १ हजार १ सय २६ नेपालीले ज्यान गुमाएका छन् ।