विश्व बैंकले नेपाललाई कृषि क्षेत्रको विकासका लागि नौ अर्ब ४४ करोड ऋण दिने

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

रोजगारीका अवसर सिर्जना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले ऋण दिन लागेकाे अमेरिकाको वाशिङ्टन डीसीमा रहेको बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवर्द्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले विश्वास व्यक्त गरेको छ ।

चिया, कफी, फलफुल र औषधिजन्य वस्तुको उत्पादनले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

यसैबीच, एसियाली विकास बैंक एडीबीले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई एक करोड ४७ लाख रुपैयाँ अनुदान दिने भएको छ । आगो प्रयोग नगरि वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप रकम दिने निर्णय भएको जनाएको छ ।

Top