आइएमर्इबाट पैसा पठाउने नेत्रबहादुर मल्लले पाए एक लाख रुपैयाँ !!! Technology by Remit Khabar - 01/11/201801/11/20180 काठमाडौं। आइएमर्इ रेमिटेन्सबाट पैसा पठाउने नेत्रबहादुर मल्लले एक लाख रुपैयाँ पाएका छन्। कम्पनीले दशैं,तिहार र छठलार्इ लक्षित गर्दै ल्याएको योजनामा क्योदाइ रेमिटेन्स जापानबाट मल्लले आइएमर्इमा पैसा पठाएका थिए। मंगलबार सफ्टवेयरमार्फत लक्की ड्र गर्दा मल्ल विजेता घोषित भएका हुन्। कम्पनीका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेल र रुद्रराज पौडेलको उपस्थितीमा लक्की ड्र भएको थियो। यो योजना अनुसार अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राही विजेता बनिसकेका छन्।