ओमान प्रवेश गर्नेले अब ७ दिन मात्र क्वारेन्टाइन बसे पुग्ने

दोहा- ओमानले आफ्नो मुलुक प्रवेश गर्नेका लागि क्वारेन्टाइन बस्नु पर्ने न्यूनतम समयावधि घटाएको छ ।

ओमान सरकारले संसोधन गरेको नियमानुसार ओमान पुग्नेले अब सात दिन मात्र क्वारेन्टाइनमा बसे हुने भएको छ ।

त्यहाँको कोरोना भाइरस महामारी सम्बन्धि बनेको सुप्रीम कमिटीका अनुसार विदेशबाट ओमान आउने व्यक्तिले प्रवेशको समय भन्दा ९६ घण्टाअघिको पीसीआर नेगेटिभ भएको प्रमाण पत्र देखाउनु पर्नेछ ।

त्यहाँ पुगेपछि उनीहरूले सात दिन क्वारेन्टाइनमा बसिसकेपछि ८औँ दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ ।

यसअघि ओमान प्रवेश गर्ने सबैले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान थियो ।

ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ७३४ पुगेको छ ।

Top