एनआरएनएको प्रवक्तामा पत्रकार घिमिरे

गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा पत्रकार भूषण घिमिरेलाई नियुक्त गरिएको बुधबार नवनिर्वाचित कार्यसमितिको बैठकले घिमिरेलाई प्रवक्तामा नियुक्त गरेको हो

नेपालमा लामो समय पत्रकारिता गरेर अहिले जापानमा पत्रकारितासंगै व्यवसाय गरिरहेका घिमिरे नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुनुभएको थियो जापानको सोफिया युनिभर्सिटीमा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे राजधानी टोकियोबाट प्रकाशित नेपाली पत्रिकानेपाली समाचारका प्रधान सम्पादक समेत हुनुहुन्छ

१६ वर्षदेखि जापानमा बस्दै आउनुभएका उहाँ नेपालमा रहँदा युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक, रेडियो नेपालको कार्यक्रमपरिवेशको प्रस्तोताका रुपमा काम गर्नुभएको थियो

Top