एक नेपालीको ओैधोगिक दुर्घटनामा जापानमा मृत्यु !

टोकियो – रोजगारीको सिलसिलामा जापानको यामानाशी प्रान्तको फुएफुकीमा एक नेपालीको हिजो (सोमबार) बिहान मृत्यु भएको छ ।

यामानाशीस्थित मेटल प्रशोधन कम्पनीमा कार्यरत कास्की जिल्लाका सन्तोष दाहालकोको सोमबार बिहान निधन भएको हो ।
बिहान ११ बजे कार्यस्थलमै दुई मिटर अग्लो मेसिनमा च्यापिएका दाहाललाई अस्पताल लागिएको थियो यद्यपी अस्पतालमा उनलाई तत्काल मृत घोषणा गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सो समय दाहाल एक्कै काम गरिरहेका थिए र दुई मिटर अग्लो मेसिन अचानक ढलेकोले दुर्घटना भएको हुन सक्ने देखिएको छ ।

२७ वर्षीय सन्तोष दाहाल परिवारसंगै जापान बस्दै आएका थिए ।
source: samudrapari

Top