जापानमा ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ले थाल्यो स्वास्थ्य परीक्षण, कसरी सहभागि हुने ?

टोकियो – जापानवासी नेपालीहरुलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण अभियान संचालन सुरु गरिएको छ । ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ जापानले फुकुओकामा बसोबास गर्ने नेपालीलाई नियमित स्वास्थ्य परीक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सो अभियान संचालन सुरु गरिएको हो ।

उक्त अभियानका अभियन्ता प्रदिप श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय हेल्प डेस्क निर्माण गरी स्वास्थ्य परीक्षण अभियान सुरुवात गरिएको हो । व्यस्त दैनिकीका कारण आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन नसक्दा ठूलो समस्या हुने कुरालाई ध्यानमा राखेर अभियान सुरु गरिएको हाम्रो नेपाल हामी नेपाली अभियान जापानका प्रमुख संयोजक धर्म राज अधिकारीले जानकारी दिनुभयो ।

फुकुओका सिटीमा जापानको राष्ट्रिय स्वास्थ्य बीमा (कोकुमिन केनको होकेन)मा आबद्द भइ ३० वर्ष वा सो भन्दा बढी उमेर पुगेकाहरुलाई वर्षको एक पटक जम्मा ५०० येनमा स्वास्थ्य परीक्षण गर्न पाइने व्यवस्था छ । स्वास्थ्य परीक्षणमा सहभागी हुन इच्छुकहरुले अभियानले तयार परेको फारममा आफ्नो विवरण भर्न अनुरोध गरिएको छ । उक्त फारमको आधारमा आफू बसोबास गरेको नजिकैको क्लिनिकमा स्वास्थ्य परीक्षण व्यवस्था मिलाइने अभियानका अभियन्ता एवं हेल्प डेस्कका संयोजक प्रदिप श्रेठले बताउनुभयो ।

स्वास्थ्य परीक्षण अभियान पहिलो चरणको परीक्षणको लागी फारम भर्ने अन्तिम मिती २०२० नोभेम्बर १४ तारीख (शनिबार)सम्म रहेको छ । आवेदन संख्या र बस्ने ठाउँ अनुसार स्वास्थ्य परीक्षण केन्द्र र मितिबारे नोभेम्बर १६ तारीख (सोमबार)बाट हेल्प डेस्कद्वारा सम्पर्क गरी स्वास्थ्य परीक्षणमा सहयोग गर्नेछ ।

को-को सहभागि हुन पाउँछन ?

-स्वास्थ्य परीक्षणको लागि जापानको राष्ट्रिय स्वास्थ्य बीमा (कोकुमिन केनको होकेन)मा आबद्द भइ उमेर ३० वर्ष वा सो भन्दा बढी हुनुपर्ने
-तत्कालको लागि फुकुओका सिटीको लागि मात्र भएको हुँदा फुकुओका सिटीभित्र बसोबास गरेको हुनुपर्ने
-स्वास्थ्य परीक्षणको दिन बीमा प्रमाणपत्र (होकेनस्यो) र योकादोक्कु ज्युसिनह्यो आवश्यक पर्ने र ४० वर्ष भन्दा कम उमेर भएकालाई होकेनस्यो मात्र भए पुग्नेछ

पहिलो चरणमा जापानको फुकुओका शहरमा मात्र रहेको छ । आगामी दिनहरुमा जापानभरी अभियान चलाउने आयोजकले बताएको छ । स्वास्थ्य परीक्षणको लागि कुनै सहयोगको आवश्यकता परेमा अथवा थप जानकारी चाहिएमा हेल्प डेस्कमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

स्वास्थ्य परिक्षणको लागी कुनै सहयोगको आवश्यकता परेमा अथवा थप जानकारी चाहिएमा निम्नानुसारको नम्बरहरुमा सम्पर्क गर्नुहोला।

प्रदिप श्रेष्ठ 050-6873-5550
जनार्दन प्याकुरेल 080-3187-6205
प्रकास सुबेदी 090-4580-9495
बद्रि पौडेल 080-3973-4430
बिनोद सुनार 080-8386-9273
विकास श्रेष्ठ 090-8402-8961
बिन्दु थापा 080-4310-2041
मुक्ति अधिकारी 070-2388-8053
अर्जुन थापा 090-8407-1403

Top