सिटी एक्सप्रेस साकोसको नवौं वार्षिक साधारण सभा सम्पन्न

२०७५ साल कार्तिक १६ गते सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको नवौं बार्षिक साधारण सभाले श्री हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ, भने सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ % लाभांंस दिने निर्णय र यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत गरेको छ ।

Top