कुबेतकाे युएई एक्स्चेञ्जबाट सजिलै इसेवामा पैसा पठाउन सकिने

काठमाडौं । इसेवा मनि ट्रान्सफर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स सेवा सुरू भएको छ । यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सक्नेछन् ।
यसका साथै अब कुबेतबाट नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ । साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्नेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।
युएई एक्स्चेञ्जले छिट्टै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने बताएकाे छ ।
रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरे ।

Leave a Reply

Top