अब भारत बाट पैसा पठाउन झनै सजिलो, सानिमा बैंक र एक्सिस बैंक भारत बिच रेमिट्यान्स सम्झौता

काठमाडौं। सानिमा बैंक लिमिटेड र भारतको एक्सिस बैंक बीच रेमिटयान्स सेवा सम्झौता भएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखालगायत नेपालभरका सातहजारभन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिने बैंकल जनाएको छ ।
उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका हुन् ।

भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिने बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरिबाट एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिँदै आइरहेको जनाएको छ ।

सानिमा बैंकले छिटै आफनो रेमिट्यान्स सेवा अरु देशहरुबाट पनि संचालनमा ल्याउने तयारी गरीरहेको जानकारी समेत दिएको छ । यस सम्झौता अनुरुप सानिमा बैंक मार्फत सजिलो र भरपर्दो माध्यमबाट भारतमा बस्ने नेपालीहरुले रेमिट्यान्स सेवा लिन सक्ने बिज्ञप्तीमा उल्लेख छ।

Top