ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत चन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देश सुमित अग्रवालले हस्ताक्षर गरेका हुन् । बैंकका कार्यकारी अधिकृत भट्टका अनुसार सम्झौता भएसँगै बैंकका ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने छन् । सम्झौताले बैंकका ग्राहकहरुले कुनै सामान किन्दा बैंकबाट पैसा झिकेर खल्तीमा भुक्तानी गरिरहनु पर्ने झन्झट समाधान भएको खल्तीका निर्देशक अग्रवालले बताए । त्यस्तै सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Top