सनराइज बैंकमा अनलाइन खाता खोल्नेबित्तीकै खाता नम्बर पाइने

काठमाडौं । सनराइज बैंकले तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ ल्याएको छ । बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै जहाँ बसेर पनि खाता खोल्न मिल्ने व्यवस्था गरेको हो ।

यो सुविधा अन्तर्गत ग्राहकले अनलाइनमार्फत् नयाँ खाता खोली तुरुन्तै खाता नम्बर पनि प्राप्त गर्न सक्नेछन् । खाता सक्रिय भएपछि ग्राहकले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल कारोबारसमेत गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

उक्त खाताका ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरी आफैंले मुद्दती खाता पनि खोल्न सक्छन् । अनलाइनबाट शून्य मौज्दातमै खाता खोल्न सकिन्छ ।

Top