मलेसियाको रेमिटेन्स कम्पनी म्याक्स मनिलाई नेपालमा प्रतिबन्ध !!!

काठमाडौं। नेपाली बैंकलाई करोडौं भुक्तानी नदिएको भन्दै म्याक्स मनि कम्पनीको कारोबार नेपालमा रोक्का भएको छ। नेपाल राष्ट्र बैंकले मलेसियास्थित कम्पनी म्याक्स मनिसँग कारोबार नगर्न बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीहरुलाई निर्देशन दिएको छ।

म्याक्स मनिले हिमालयन बैंकसँग मिलेर नेपालमा रेमिटेन्सको भुक्तानी गर्दै आएको थियो। ग्राहकबाट पैसा लिने तर बैंकलाई भुक्तानी गर्दैन थियो। कम्पनीले बदमाशी गर्न थालेपछि राष्ट्र बैंकले पहिले पैसा लिएर मात्र भुक्तानी गर्न नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो।

म्याक्स मनिले हिमालयन बैंकको ४ करोड ९० लाख रुपैयाँ यसरी खाएको छ। राष्ट्र बैंकको बिस्तृत अध्ययनपछि म्यक्स मनिले बदमाशी गरेको खुलेपछि कारोबार प्रतिबन्ध लगाएको हो।

अब कुनै पनि नेपाली बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीसँग म्याक्स मनिले कारोबार गर्न पाउँदैन। म्याक्स मनिबाट डुबेको पैसा उठाउन राष्ट्र बैंकले पहल थालेको छ।
copied from bizmandu

Top