अनलाइन आवेदन दिने ग्राहकलाई सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड Banking News Technology by Remit Khabar - 30/11/20200 काठमाडौं । सानिमा बैंकका ग्राहकले निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ भन्ने नारासहित बैंकले मंसिर १५ देखि मंसिर २२ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने ग्राहकलाई सित्तैमा कार्ड उपलब्ध गराउने भएको हो । साथै ग्राहकले सुलभ ब्याजदर वाला मासिक किस्तामा विशेष सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।