पछिल्लो २४ घण्टामा थपिए १३४३ कोरोना संक्रमित

नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेकाे छ । बिहीबार थप एक हजार तीन सय ४३ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै गएकाे २४ घण्टामा दुई हजार एक सय ११ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २० हजार एक सय ६१ पुगेको छ ।

अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय ७६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय ५१ पुगेकाे छ ।

Top