माछापुच्छ्रे बैंकका ग्राहकले खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने Banking News Technology by Remit Khabar - 07/12/20200 माछापुच्छ्रे बैंकले ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानीगर्न सकिने गरी ‘कर्पोरेट‘पे’ प्रणालीको सुरुवात गर्न नेपालक्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। सम्झौता अनुसार बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु)बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिङ्ग एपमार्फत बैंकमा नगई जहाँ कहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्वभुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन्। उक्त प्रणाली मार्फत कनेक्ट आइपिएस वा एनसिएचएल–आइपिएसमा रियल–टाइम वानन–रियल टाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ। साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक कर्पोरेटपे दुबैतर्फबाट सुरक्षा अपनाईएकाले कारोबार सुरक्षित रहेने बैंकले बताएको छ।