युएईका मानव संशाधन मन्त्रीले गरे नेपाली कामदारको प्रशंसा Technology by Remit Khabar - 19/12/201819/12/20180 युएई/ युएईका मानव संशाधनमन्त्री नाशर बीन थानी जुमा अल हाम्लीले नेपाली कामदारको प्रशंसा गरेका छन् । युएईका लागि नेपालका कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलसँगको शिष्ट्राचार भेटमा मन्त्री थानीले युएईमा कार्यरत नेपाली कामदारको प्रशंसा गरेका हुन् । भेटका क्रममा नेपालका तर्फबाट कार्यवाहक राजदूत फुयाँलले युएईमा कार्यरत नेपालीका हक अधिकारका बिषयमा कुरा उठाएपछि जवाफमा मन्त्री थानीले युएई नेपाल र नेपाली कामदारको पक्षमा रहेको बताएका थिए । मन्त्री थानीको निमन्त्रणामा दुई देशीय शिष्ट्राचार भेटघाट भएको दूतावासले जनाएको छ । भेटघाट कार्यक्रममा राजदूत फुयाँलसहित दूतावासका तृतीय सचिव नारायण ज्ञवालीसमेत सहभागी थिए । युएईलगायतका खाडी राष्ट्रमा महिलालाई घरेलु कामदारका रुपमा पठाउन नेपाल सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नसमेत चाडो श्रमसम्झौता गरी टुङ्ग्याउन आवाज उठ्दै आएको छ ।