साउदीले थप एक हप्ता अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, विदेशी नागरिकले साउदी छाड्न सक्ने

काठमाण्डौ – साउदीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै रोकेको अन्तर्राष्ट्रिय उडान अब एकतर्फी सञ्चालन हुने भएको छ ।

साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान खुला गर्ने निर्णय गरेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै साउदीले गएको मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ ।

पहिले एक हप्तालाई उडान रोके पनि फेरि थप गर्दै आउँदो मंगलबारसम्मका लागि उडान बन्द गरेको हो । तर साउदी छाड्न चाहने विदेशी नागरिकका लागि एकतर्फी उडान भने हुने साउदीले जनाएको छ ।

Top