काठमाडौँ– साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरी नेपाल